जितपुरसिमरा गोल्डकप : ४–१ अन्तरले आर्मीसँग वीरगञ्ज पराजित

बाराको सिमरा रगंशालामा जारी ११ औं जितपुरसिमरा गोल्डकपअन्तर्गत बुधबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ । वीरगञ्ज युनाइटेड क्लबलाई ४–१ ले पराजित गर्दै आर्मीले क्वाटर फाइनलमा स्थान सुरक्षित बनाएको हो ।

बुधबार साँझ ६ बजे सुरु भएको दोस्रो दिनको खेलामा आर्मीलाई जित दिलाउन जर्ज प्रिन्स कार्की एक्लैले दुई गोल गर्दा सन्तोष केसी र सुशान्त चौधरीको नाममा १-१ गोल दर्ता भएको थियो । वीरगञ्जका लागि चतुर्धन चौधरीले भने एक गोल गरेका थिए ।

सुरुवाती समयदेखि नै वीरगञ्जलाई दबाबमा राखेको आर्मीले खेलको २४औँ मिनेटमा सन्तोष केसीले टिमलाई अग्रता दिलाएका थिए । वीरगञ्ज युनाइटेडको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै आर्मीले लगातार गोलको वर्षा गर्‍यो। खेलको ४१औँ मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले व्‍यक्तिगत पहिलो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।

वीरगञ्जका खेलाडीले फल गरेपछि पाएको फ्री किकको सदुपयोग गर्दै उनले बललाई सजिलै जाली चुमाए । पहिलो हाफमा निकै दबाबमा परेको वीरगञ्जले इन्जुरी समयमा थप एक गोल खान पुग्यो। चार मिनेट थपिएको इन्जुरी समयको दोस्रो मिनेटमा सुशान्त चौधरीले थप एक गोल गर्दै खेल ३–० को स्थितिमा पुर्‍याए ।

स्टार खेलाडीबिनै मैदान उत्रिएको आर्मीले खेलमा राम्रो प्रदर्शन गर्‍यो । एकपछि अर्को अग्रता आर्मीका जर्ज प्रिन्स कार्कीले ४८औँ मिनेटमा व्‍यक्तिगत दोस्रो गोल गर्दै गोल अन्तर फराकिलो पारेका थिए । खेलको म्यान अफ दी म्याचसमेत बनेका कार्कीले डी बक्सभित्रैबाट गरेको प्रहारलाई सहजै गोलमा परिणत गरिदिए ।

जितपुरसिमरा गोल्डकप : ४–१ अन्तरले आर्मीसँग वीरगञ्ज पराजित

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

जितपुरसिमरा गोल्डकप : ४–१ अन्तरले आर्मीसँग वीरगञ्ज पराजित

अश्वेत नागरिककाे हत्या आरोपमा प्रहरी अधिकृत पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *