म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

गएराति सम्पन्न खेलमा क्वाटरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीले जर्मनी क्लब बोरुसिया डोर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित सिटी सेमिफाइनलमा पुगेको हो ।

सिटीको जितमा रियाद महरेज र फिल फोडेनले एक एक गोल गरेका थिए भने डोर्टमण्डका लागि जुडे बेलिंग्हमले एक गोल गरेका थिए । यससँगै डोर्टमण्डको च्याम्पियन्स लिगको यात्रा टुंगिएको छ ।

त्यस्तै म्यानचेस्टर सिटी यस सिजनमा सेमिफाइनलमा पुग्ने चेल्सीसहित दोस्रो क्लब बनेको छ । अब सेमिफाइनलमा म्यानचेस्टर सिटीले फ्रेन्च क्लब पिएसजीको सामना गर्ने छ ।  सेमिफाइनलको पहिलो लिग अप्रिल २७ र दोस्रो लिग मे ४ मा हुने छ ।

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

बैंगलुरुसँग ५-०ले पराजित हुँदै आर्मी एएफसीको छनोट

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

जितपुरसिमरा गोल्डकप : ४–१ अन्तरले आर्मीसँग वीरगञ्ज

Leave a comment

Your email address will not be published. Required fields are marked *