बैंगलुरुसँग ५-०ले पराजित हुँदै आर्मी एएफसीको छनोट चरणबाटै बाहिरियो

त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ प्रारम्भिक छनोटको दोस्रो चरणबाटै बाहिरिएको छ।​ गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा भारतको बेंगलुरु एफसीसँग ५-० को फराकिलो हार व्यहोर्दै आर्मी छनोट चरणबाटै बाहिरिएको हो ।

अब बेंगलुरुले एएफसी कप पुग्नका लागि अबहानी लिमिटेड र क्लब इगल्सबीचको विजेतासँग प्लेअफ फाइनल खेल्नेछ। आर्मीले घरेलु मैदानमा भएको पहिलो चरणमा श्रीलका पुलिसलाई ५-१ ले पराजित गरेको थियो ।

तर गोवामा आर्मीको प्रदर्शन उस्तै भएन। नियमित कप्तान भरत खवास, गोलकिपर विशेक कुथु र जर्ज प्रिन्स कार्की बिनै भारत पुगेको आर्मीले बेंगलुरुविरुद्ध एक गोल पनि गर्न सकेन । बेंगलुरुलाई जित दिलाउन राहुल भेके र सेलिटन सिल्भाले २-२ गोल गरे। यस्तै सुनिल क्षेत्रीले एक गोल गरे । पहिलो हाफमा आर्मीले बेंगलुरुलाई गोलरहित बराबरीमा रोकेको थियो ।

तर दोस्रो हाफमा बेंगलुरुले १४ मिनेट अन्तरमै ५ गोल गर्‍यो । भेकेले ५१औं र ६५औं तथा सिल्भाले ६१औं र ६३औं मिनेटमा गोल गरे। सुनिलले ५२औं मिनेटमा गोल गरे । गत सिजन ए डिभिजन लिग उपविजेता बनेपनि क्लब लाइसेन्स पाउने पहिलो नेपाली क्लब बनेको आर्मीले पहिलो पटक एएफसीको कुनै पनि प्रतियोगिता खेलेको थियो ।

बैंगलुरुसँग ५-०ले पराजित हुँदै आर्मी एएफसीको छनोट चरणबाटै बाहिरियो

रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

बैंगलुरुसँग ५-०ले पराजित हुँदै आर्मी एएफसीको छनोट चरणबाटै बाहिरियो

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *