रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति सम्पन्न क्वाटरफाइनलको खेलमा प्रिमियर लिग क्लब लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल म्याड्रिड समग्रमा ३-१ को जितसहित सेमिफाइनलमा पुगेको हो ।
यससँगै लिभरपुलको यस सिजनको च्याम्पियन्स लिग यात्राको अन्त्य भएको छ । योसँगै अब रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रिमियर लिग क्लब चेल्सीको सामना गर्ने छ । सेमिफाइनल खेलको पहिलो लिग २७ अप्रिलमा र दोस्रो लिग मे ४ मा हुने छ ।






