क्यानडाले आदिवासी बालबालिकालाई ३१ अर्ब डलर क्षतिपूर्ति दिने

काठमाडौं :   क्यानडाले आवासीय स्याहार केन्द्रमा विभेद गरिएका आदिवासी बालबालिका र परिवारलाई क्षतिपूर्तिस्वरुप ३१ अर्ब अमेरिकी डलर दिने भएको छ ।

सेप्टेम्बरमा एक उच्च अदालतले अन्य बालबालिकाको तुलनामा आदिवासी बालबालिकालक्षित आवासीय सेवालाई न्यून बजेट उपलब्ध गराइएको भन्ने २०१६ को फैसला सदर गरेको थियो । त्यस्तै, अदालतले आरक्षण कल्याण कार्यक्रममा आबद्ध हरेक बालबालिकालाई ४० हजार क्यानाडेली डलर ९३१ हजार ३५० अमेरिकी डलर० दिन भनेको थियो ।

सरकारले सुरुमा अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएको थियो । तर १९९६ सम्म सञ्चालित आवासीय विद्यालय नजिकै ११ सय जनाको चिहान फेला परेपछि जन दबाब खेप्दै आएको सरकारले क्षतिपूर्ति दिने भएको हो ।

क्यानडा सरकारले मंगलबार औपचारिक रुपमा क्षतिपूर्ति रकम घोषणा गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ । ३१ अर्ब बराबरको क्षतिपूर्ति रकमलाई २०१६ को न्यायिक छानबिनसहित अन्य २ वटा मुद्दा निरुपण र आदिवासी बाल कल्याण कार्यक्रमको दीर्घकालीन सुधारका लागि प्रयोग गरिने समाचारमा उल्लेख छ ।

क्यानाडामा १९९६ सम्म आदिवासी बालबालिलकालाई आफ्नो मातृभाषा त्यागी इसाइ बनाउने र समाजमा सम्मिलन गराउने उद्देश्यस्वरुप आवासीय विद्यालय प्रणाली लागू गरिएको थियो । उक्त प्रणालीअन्तर्गत आदिवासी बालबालिकालाई उनीहरूको परिवारबाट छुटाएर आवासीय विद्यालय पठाइने गरिन्थ्यो । यसमध्ये कैयौं बालबालिकाहरू कुपोषण, कुटपिट र यौन दुर्व्यवहारको सिकार बन्ने गर्थे ।

मातृभाषा त्यागी अंग्रेजी वा फ्रेन्च बोल्न र इसाइ बन्न बाध्य पार्ने उक्त नीतिका कारण आदिवासी बालबालिकाको कैयौं पुस्तामाथि आघात परेको थियो । सन् १८७४ देखि १९९६ सम्म सञ्चालित आवासीय विद्यालयमा फस्ट नेशन्स, मेटिस र इनुइट आदिवासीका १ लाख ५० बालबालिका राखिएको अनुमान गरिन्छ ।

आवासीय विद्यालयलाई आर्थिक सहयोग दिने र सञ्चालन गर्ने कार्यमा गिर्जाघर ९चर्च० ले महत्वपूर्ण भूमिका खेलेका थिए । एक सर्वेक्षणअनुसार खासगरी रोमन क्याथोलिक चर्चले झण्डै ७० प्रतिशत आवासीय विद्यालय सञ्चालन गरेका थिए ।

यसै वर्षको सुरुमा भ्याटिकनले मेलमिलाप प्रयासमा सघाउन भन्दै पोप फ्रान्सिस क्यानाडाको भ्रमण गर्न सहमत भएको बताएको थियो । हालसम्म भ्रमणको औपचारिक मिति घोषणा गरिएको छैन । चर्चको भूमिकालाई लिएर पोपले माफी माग्नु पर्ने क्यानाडेलीहरूको माग छ तर पोपले हालसम्म आधिकारिक रुपमा क्षमायाचना गरेका छैनन् ।

क्यानडाले आदिवासी बालबालिकालाई ३१ अर्ब डलर क्षतिपूर्ति दिने

अन्तर्मनको आवाज सुनेर भोट हाल्न शेखर कोइरालाको

क्यानडाले आदिवासी बालबालिकालाई ३१ अर्ब डलर क्षतिपूर्ति दिने

त्रिविको ४७औं दीक्षान्त समारोहमा १९ जना विद्यार्थीले

Leave a comment

Your email address will not be published. Required fields are marked *