त्रिविको ४७औं दीक्षान्त समारोहमा १९ जना विद्यार्थीले पदक पाउने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले पुस ५ गते हुने ४७औं दीक्षान्त समारोहमा उत्कृष्ट भइ पदक तथा पुरस्कार पाउने विद्यार्थीहरुको नामावली सार्वजनिक गरेको छ ।

त्रिवि पनिकाले विभिन्‍न शिर्षकका स्वर्ण पदक, चान्सलर पदक लगायत विभिन्‍न शीर्षकका पदकबाट विभिन्‍न तह, विषयमा उत्कृष्ट नतिजा हासिल गर्न सफल १९ विद्यार्थीको नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचना अनुसार २७ शीर्षक पदक तथा पुरस्कारमा कतिपय विद्यार्थी दोहोरिएको कारण १९ जना विद्यार्थीको नाम परेको हो ।

पदक प्राप्त तथा पुरस्कृत विद्यार्थीहरुलाई त्रिविले दीक्षान्त समारोहमा दीक्षित एवं पुरस्कृत जनाएको छ ।

गोरखापत्रमा सार्वजनिक भएको समावेश नामावली बाहेक विद्यार्थीको नाम छुटेमा आगामी पुस १ गते भित्र स(प्रमाण आवेदन दिन सूचित गरिएको छ ।

त्रिविको ४७औं दीक्षान्त समारोहमा १९ जना विद्यार्थीले पदक पाउने

क्यानडाले आदिवासी बालबालिकालाई ३१ अर्ब डलर क्षतिपूर्ति

त्रिविको ४७औं दीक्षान्त समारोहमा १९ जना विद्यार्थीले पदक पाउने

आज गीता जयन्ती

Leave a comment

Your email address will not be published. Required fields are marked *