संसदको अवरोध हटाउन माओवादीले पहल गर्ने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले संघीय संसद्को गतिवरोध हटाउन विशेष पहल गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले संसद्मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को अघिल्लो बैठक लगातार अवरोध गरेका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको थिएन । बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समसामयिक राजनीतिक अवस्था र संघीय संसद्को बैठकमा पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकाको बारेमा निर्देशन दिएका थिए।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा अध्यक्ष दाहालले संघीय संसद्को बैठकमा प्रभावकारी भूमिका खेल्न र जनताको पक्षमा दह्रोसँग उभिन निर्देशन दिए।

यस्तै‚ बैठकले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा गोपी अछामीलाई चयन गरेको छ । त्यस्तै, सचेतकमा गंगा बेल्वासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ  । बैठकले अध्यक्ष प्रचण्डको नेतृत्वमा २१ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ  ।  बोर्डमा प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रमुख सचेतक, सचेतकलगायत रहनुभएको छ  ।

संसदको अवरोध हटाउन माओवादीले पहल गर्ने

नेप्से ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार

संसदको अवरोध हटाउन माओवादीले पहल गर्ने

अन्तर्मनको आवाज सुनेर भोट हाल्न शेखर कोइरालाको

Leave a comment

Your email address will not be published. Required fields are marked *