बालविवाह कसूरमा छ महिना कैद 

अमर सुनार  दैलेख : बालविवाह गरेको कसूरमा एक युवकलाई दैलेख जिल्ला अदालतले ६ महिना कैद र पाँच हजार जरिवाना गरेको छ ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ चाल्नेका २३ वर्षीय भक्तिराम कँडेललाई १५ वर्षीया बालिकालाई ललाई फकाई बालविवाह गरेको कसूरमा आज आइतवार उक्त सजाय भएको ।
०७८ कात्तिक २६ गते सुर्खेतबाट ती बालिकालाई ललाई फकाई बालविवाह गरेको भन्दै दैलेख जिल्ला अदालतमा मुद्दा पेश भएकै दिन आज सजाय भएको हो ।

बालिकालाई ३ महिना कैद र २५ सय रुपैंयाँ जरिवाना तोकिए पनि उनी आफै अन्जान भएको कारण सुध्रिने मौका सहित हाललाई सजाय स्थघन गरेर अभिभावकसंग बस्न पाउने फैसला भएको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बालविवाह भएको एक सातामा बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको जाहेरीपछि प्रहरीले गरेको अनुसन्धान आधारमा जिल्ला सरकारी वकील कार्यालयले बिहीवार दैलेख जिल्ला अदालतमा बालविवाह कसूरमा अभियोग पेश गरेको थियो ।

अभियोग सम्वन्धमा आइतवार बसेको बाल इजलासमा भएको थुनछेक बहसपछि न्यायाधीश लामिछानेले सो फैसला गर्नुभएको हो ।

बालविवाह कसूरमा छ महिना कैद 

बाँझकोट स्वास्थ्य चौकि बन्यो कुपोषित वालवालिकाको उपचार

बालविवाह कसूरमा छ महिना कैद 

कांग्रेसमा सभापति चयनका लागि दोस्रो चरणको मतदान

Leave a comment

Your email address will not be published. Required fields are marked *