बाँझकोट स्वास्थ्य चौकि बन्यो कुपोषित वालवालिकाको उपचार केन्द्र


दुर्गा विसि : बनगाड कुपिण्डे नगरपालिका वडा ५ मा रहेको बाँझकोट स्वास्थ्य चौकीमा अब देखि कुपोषित वालवालिकाको उपचार हुने भएको छ ।आज एक कार्यक्रमका विच उक्त स्वास्थ्य चौकीमा कुपोषण भए नभएका वालवालिकाको स्वास्थ्य परिक्षण गरिएको छ ।नगर स्वास्थ्य संयोजक वासुदेव पोख्रेलका अनुसार नगरको यो स्वास्थ्य चौकीमा कुपोषित वालवालिकाको स्वास्थ्य उपचार हुने जनाएको छ ।
कुपोषित वालवालिकाको उपचारका लागि यश अघि नेपालगञ्ज र सुर्खेत जानुपर्ने अवस्था रहेको थियोे ।अब भने उक्त झन्झट टरेको छ ।उक्त स्वास्थ चौकीमा कुपोषित वालवालिकाको उपचार हुन नसके रिफर गर्नु परे यातायात खर्चको समेत व्यवस्थापन गरेर वाहिर पठाउने जनाएको छ ।आज मात्रै सो स्वास्थ्य केन्द्रमा ३ सय ४ वालवालिकाको स्वास्थ्य चेकजाँच गरिएको छ । उक्त चेकजाँचमा १ जना वच्चामा मध्यम शिघ्र कुपोषण भेटिएको छ । कुपोषित न्युनिकरणका लागि अब देखि दैनिकी चेकजाँच समेत हुने र तालिम दिएर टोलटोलमा महिला स्वास्थ्य स्वंसेविकालाइ जनचेतनाका लागि खटाउने जनाएको छ ।
साथै ६ महिना देखि २ वर्ष विचका उमेर समुह ७८ जना वालवालिकालाइ वालभिटा दिएको छ ।वालवालिकाका आमाहरुलाइ बच्चाहरुको स्याहारसुसारका लागि चेतनामुलक कार्यक्रम समेत राखिएको थियोे । शिघ्र कुपोषण एकीकृत व्यवस्थापन वहिरङ उपचार केन्द्र बाँझकोट स्वास्थ्य चौकि मुलखोलामा आज धेरै वालवालिकाहरुको उपचार भएको छ ।
कार्यक्रम वडा ५ का कार्यवाहक वडा अध्यक्ष गापि सुनार,वडा ४ का अध्यक्ष मोमत रोका,स्वास्थ्य शाखा प्रमुख पोख्रेल,टोपवहादुर विष्ट,थलवहादुर परियार लगाएका महानुभावहरुको उपस्थिति रहेको थियोे । कार्यक्रम शिघ्र कुपोषण एकीकृत व्यवस्थापन वहिरङ उपचार केन्द्र बाँझकोट स्वास्थ्य चौकि मुलखोलाको कुपोषित बाल उपचार केन्द्र उद्घाटन कार्यक्रमको सहजिकरण स्वास्थ्य चौकी इन्चार्ज विरेन्द्र केसिले गरेका थिए ।






