कांग्रेसमा सभापति चयनका लागि दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेदेखि

काठमाण्डौ : कांग्रेस सभापतिको चयनका लागि आजै दोस्रो चरणको मतदान हुँदैछ ।

दिउँसो ३ बजेपछि पुनः मतदान हुने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि फेरि दोस्रो चरणमा मतदान हुन लागेको हो ।

मतदान हिजो तोकिएकै तीन ठाउँमा हुनेछ । राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा तोकिएका तीन ठाउँमै दिउँसो साढे ३ बजेदेखि बेलुका साढे ७ बजेसम्म चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ । दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ मत पाउनु भएको थियो भने कोइरालाले १ हजार ७ सय २ मत पाउनु भएको थियो । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ ।

यदि कुनै पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ । सभापतिको परिणाम आएपछि मात्रै बाँकी पदको मतगणना हुनेछ ।

कांग्रेसमा सभापति चयनका लागि दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेदेखि

बालविवाह कसूरमा छ महिना कैद 

कांग्रेसमा सभापति चयनका लागि दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेदेखि

भ्रमण र भत्तामै करोडौं खच

Leave a comment

Your email address will not be published. Required fields are marked *