प्राइम लाइफद्वारा मृत्यु दाबी ५ लाख ४१ हजार रकम हस्तान्तरण

दुर्गा विसि 

सल्यान  । सल्लिवजारमा रहेको प्राइम लाइफ इन्स्योरेन्स विमा कम्पनीले मृतक मिनराज बस्नेतका परिवारलाई मृत्यु दाबी विमा रकम हस्तान्तरण गरेको छ ।

उप शाखा सल्लिवजारले एक कार्यक्रमका बिच कार्यलयमै मृतक मिनराज बस्नेतको श्रीमति कल्पना वस्नेतलाइ ५ लाखको चेक हस्तान्तरण गरेको छ । अल्पआयुमै वस्नेतको यहि जेष्ठ १७ गते मृत्यु भएको थियो।२ वर्ष अघि उनले ५ लाखको विमा गरेका थिए ।

दुई किस्ता मात्रै विमाङक तिरेका वस्नेतलाइ मृत्यु दावि रकमको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रम बनगाड कुपिण्डे नगरपालिका वडा,१ का वडा अध्यक्ष शान्त कुमार यरि,प्राइम लाइफका उप शाखा प्रमुख गोविन्द कुमार नगाल क्षेत्रिले मृतकि श्रीमति कल्पना वस्नेतलाइ उक्त मृत्यु दावि विमाको चेक हस्तान्तरण गरेको जनाएको छ ।

दुखद अवस्थामा प्राइम लाईफले थोरै भए पनि मलम लगाउने काम गरेको जनाएको छ । युवा अवस्थामै वस्नेतको मृत्यु भए पछि कलिला दुई वालवालिकालाई यो रकमले शिक्षा स्वास्थ्यमा मद्दत पुग्ने विमाको दावि छ ।

विमाङ ५ लाख र वोनोस ४१ हजार गरि ५ लाख ४१ हजार को रकम मृतको परिवारलाई हस्तान्तरण गरिएको छ । विमा भनेको जीवन क्षेति र साहारा सायदा भएको जनाएको छ । कार्यक्रम बाेल्ने वक्ताले विमा लाएर जीवन क्षेती न्युनिकरणको साधन समेत भएको बताएको थियो ।

प्राइम लाइफद्वारा मृत्यु दाबी ५ लाख ४१ हजार रकम हस्तान्तरण

बाढीले बगाउँदा टर्कीमा २७ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *