बाढीले बगाउँदा टर्कीमा २७ जनाको मृत्यु

एजेन्सी । टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ। देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले जनाएका छन्। बाढीमा परेर केही व्यक्ति अझै बेपत्ता रहेका र उनीहरूको खोजी तथा उद्धारको प्रयास भइरहेको पनि समाचारमा जनाइएको छ।

राष्ट्रपति रेसेप एड्रोगानले विनाशकारी बाढी पहिराको घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्‌। टर्कीमा बेलाबेलामा यस्तै प्राकृतिक प्रकोपका घटनाहरू भइरहने गरेका छन्। साथै, जलवायु प्रदूषणका कारण पनि यस्ता घटनाहरू संसारभरि नै बढेको विज्ञहरूले बताएका छन्।

बाढीले बगाउँदा टर्कीमा २७ जनाको मृत्यु

प्राइम लाइफद्वारा मृत्यु दाबी ५ लाख ४१

बाढीले बगाउँदा टर्कीमा २७ जनाको मृत्यु

अफगानिस्तानका एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय

Leave a comment

Your email address will not be published. Required fields are marked *