पत्रकार बस्यालको नयाँ गीत ‘माछापुच्छ्रे हिमचुलीको’ सार्वजनिक

काठमाडौं : पत्रकार तथा गायक सन्तोष बस्यालको ‘माछापुच्छ्रे हिमचुलीको’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा शब्द रामजी घिमिरेको रहेको छ भने संगीत सागर शाह ‘एनजे’ रहेको छ। एरेन्ज राजेश विष्टले गरेको गीतमा निर्देशन तथा सम्पादन नेत्र गुरुङले गरेका हुन्।
पोखराका विभिन्न मनोरम दृश्य खिचिएको दृश्यमा गायक बस्याल, शर्मिला अधिकारी, सविन गायक, वर्षा क्षेत्रको अभिनय रहेको छ।
बालकलाकारमा भने त्रस्ना ढकाल, मोनीका तामाङ,र सुप्रीया श्रेष्ठ रहेका छन्।






