कांग्रेस महाधिवेशनको हालसम्म ३८० मत खस्यो

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि जारी निर्वाचनमा अहिलेसम्म ३८० मत खसेको छ ।
निर्वाचन समितिका अनुसार दिउँसो १ः३० बजेसम्म राष्ट्रियसभा गृहमा २०० र भृकुटीमण्डपका दुई स्थानमा १८० मत खसेको हो । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रियसभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ।
यद्यपी मतदान अत्यन्त ढिला भएको छ। एकजना मतदाताले २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ। ४ हजार ७ सय बढी महाधिवेशन प्रतिनिधि छन्।
मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका प्रत्यासीहरू शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेता डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसकेका छन।






