दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण

दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड १९ को संक्रमण भएको छ । उनले कोभिड सङ्क्रमण भएपछि उपचार गराइरहेका छन् । सो कुरा दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । सिरिल रामाफोसाले उपचार गराइरहेका आइतबार राति सो कार्यालयले जनाएको छ ।

उनले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाएका थिए । यसकारण उनलाई धेरै समस्या नभएको बुझिएको छ । तर पनि सैन्य अस्पतालका वरिष्ठ चिकित्सकहरुको निगरानीमा रहेको बताइएको छ । हालैमात्र कोरोनाको घातक भनिएको ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा नै पत्ता लागेको थियो । यो भाइरस संसारका धेरै देशमा पुगेको छ ।

तर, उनलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन । ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कैयौँ देशले दक्षिण अफ्रिकाका विरुद्धमा यात्रा प्रतिबन्ध लगाएका छन् ।

दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण

सभापतिका उम्मेदवार प्रकाशमान पनि मतदान गरेर फर्किए

दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण

विश्व हिन्दू महासङ्घमा विज्ञप्तिको विवाद

Leave a comment

Your email address will not be published. Required fields are marked *