सल्यानमा कोदो खेतीप्रति आकर्षण


सल्यान : पछिल्लो समय कोदोको माग सहरी क्षेत्रमा बढ्दै जान थालेपछि किसान कोदो खेतीप्रति आकर्षित भएका छन् । कोदोको परिकारप्रति बजारवासी र पर्यटकको आकर्षण बढ्न थालेपछि किसानले कोदोबाट राम्रो मूल्य पाउन थालेका छन् । पहाडी जिल्लाको रूपमा रहेको सल्यानमा सिँचाइ सुविधा नभएका स्थानमा कोदो खेती गरिन्छ ।

विशेषगरी वनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा कोदो खेती गरिन्छ । विस्तारै कोदोको महत्त्व बढ्दै गएपछि किसानले यसको खेती गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए । आर्थिक वर्ष २०७६÷०७७ मा ६ सय ७५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदा १ हजार १ सय २० मेट्रिक टन उत्पादन भएको थियो ।

गत आर्थिक वर्ष २०७७÷०७८ मा ६ सय ७८ हेक्टरमा कोदो खेती गरिएको थियो । जसबाट १ हजार २ सय २७ मेट्रिक टन कोदो उत्पादन भएको बस्नेतले बताए । कोदोको माग जिल्लाबाहिर बढी हुने गरेको कार्यालयले जनाएको छ । बढी मात्रामा पोखरा, काठमाडौँ, दाङ, सुर्खेत लगायतका जिल्लामा हुने गरेको बस्नेतले जानकारी दिए । गत आर्थिक वर्ष मात्र सल्यानबाट ४५ मेट्रिक टन कोदो जिल्ला बाहिर निकासी भएको उनको भनाइ छ । यसबाट किसानले १२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

खाद्य संस्कृतिमा चामलले व्यापकता पाइरहँदा र अन्य खाद्यान्न बालीलाई हेला गर्ने बानी विकास हुँदा कोदो लगायतका अन्य खाद्यान्न बाली कम लगाउने गरेको वनगाड कुपिण्डे नगरपालिका–९ शेराका सेते बुढाले बताए । एक रोपनीमा कोदो खेती गर्दै आइरहेको बताउँदै उनले बजारमा बिक्री हुने नहुने बारेमा आफूलाई भने थाहा नभएको बताए ।

सल्यानमा कोदो खेतीप्रति आकर्षण

नेतृत्व तह नै भ्रष्टाचारको जग

सल्यानमा कोदो खेतीप्रति आकर्षण

अनलाइन विज्ञापन खुलाउने शिक्षक सेवा आयोगको तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *