इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले न्युक्यासललाई हरायो

काठमाण्डौ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले सहज जित निकालेको छ । गएराति भएको खेलमा लेस्टरले न्युक्यासललाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा लेस्टरलाई जित दिलाउन युरी टिलमेन्सले दुई गोल गरे भने पाट्सन डाका र जेम्स म्याडिसनले एकरएक गोल गरे । खेलको ३९ औँ मिनेटमा युरीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

खेलको ५७ औँ मिनेटमा डाकाले गोल गर्दै टिमको अग्रता २–० को बनाए । खेलको ८१ औँ मिनेटमा युरीले दोस्रो गोल गर्दै लेस्टरलाई ३–० को अग्रता दिलाए । खेलको ८५ औँ मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई ४–० को जित दिलाए । जितसँगै लेस्टर २२ अङ्कका साथ आठौँ स्थानमा उक्लिएको छ ।

न्युक्यासल १० अङ्क जोडेर १९ औँ स्थानमा रहेको छ ।

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले न्युक्यासललाई हरायो

शेखर कोइरालालाई रामचन्द्र पौडेलद्वारा जितको शुभकामना

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले न्युक्यासललाई हरायो

भारतीय सुन्दरी सन्धुले जितिन् मिस युनिभर्सको उपाधि

Leave a comment

Your email address will not be published. Required fields are marked *