कर्णाली प्रदेशसभा बैठक लगातार अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १७ औँ बैठक पनि कार्यसुचिमै प्रवेश गर्न नपाई अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि संसद अवरुद्ध गरेको हो ।
सरकारमा रहेका एमाले खनाल–नेपाल समुहका तीन जना मन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने एमालेको अडान कायमै रहेको छ । झण्डै २७ मिनेट सञ्चालन भएको सदन प्रतिपक्ष एमालेले कार्यसुचीमा प्रवेश गर्न नै नदियर अवरोध गरिरह्यो ।
त्यसपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । पुन बसेको बैठक पनि एमालेले सुचारू हुन नदिँदा सभामुख शाहीले असार ३० गते दिउँसो २ बजे सम्मका लागि बैठक स्थगित गरेका छन् ।




