२३ सय ९८ नयाँ संक्रमित भेटिँदा २ हजार ७८ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ९८ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।
७ हजार ५८ जनामा गरिएको पिसिआर परीक्षणबाट १ हजार ६ सय ३९ जना संक्रमित र ३ हजार ९ सय ५४ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ७ सय ५९ जनामा संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज देशभर १२ संक्रमितको मृत्यु भएको छ भने २ हजार ७८ जनाले कोरोनालाई जितेका छन्।






