सुर्खेत हस्पिटलका डाक्टरले अपरेसन गर्न बिगारेपछि बिरामीकाे ज्यान गयाे

सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगर-३ मा रहेकाे सुर्खेत हस्पिटल प्रा.लि काे लापरवाहीले एक जना बिरामीकाे ज्यान गएकाे छ । भेरीगंगा नगरपालिका छिन्चुका रत्न बहादुर अधिकारी गत असार १६ गते सुगर लगायतको स्वास्थ्य जाँच गर्न वीरेन्द्रनगरमा रहेको सुर्खेत हस्पिटल प्रालिमा पुगे ।

हस्पिटलका फिजिसियन डाक्टर केएन पौडेलको परामर्श बमोजिम उनलाई भिडियो एक्स–रे गर्न भनियो । भिडियो एक्स–रेमा ‘एपेन्डिसाइटिस’ देखिएपछि उनको अपरेशन गर्न सिफरिस गरियो । सोही बमोजिम भोलिपल्ट सुर्खेत हस्पिटलका सर्जन डाक्टर निर्मल रसाइलीद्वारा अपरेशन सुरु गरिएको विरामीका आफन्तले बताए ।

‘अपरेशन हुन करिब डेढ घण्टा लाग्यो’ आफन्तले भने, ‘अपरेशन पश्चात स्वास्थ्यमा थप जटिल उत्पन्न भई पुनः अस्पताल भर्ना हुनुप¥यो ।’ सुर्खेत हस्पिटलमै थप दुईदिनसम्म बेड भर्ना हुँदा दैनिक स्वास्थ्यमा जटिल हुँदै गएपछि अस्पतालले प्रदेश अस्पताल सुर्खेत रिफर गरेको आफन्तले जानकारी दिए ।

‘प्रदेश अस्पतालका सर्जरी विभागीय प्रमुख डाक्टर गणेश थापाको टिमद्वारा पुनः अर्को अपरेशन भयोे ।’ सुर्खेत हस्पिटल र प्रदेश अस्पतालमा एपेन्डिसाइटिसको फरक–फरक अपरेशन गरियो ।’ सुर्खेत हस्पिटलमा गरिएको अपरेशन सफल नभएपछि प्रदेश अस्पतालमा दोस्रो अपरेशन गरिएको अस्पतालका प्रबक्ता डाक्टर विकास केसीले जानकारी दिए ।

‘अपरेशनका सबै केस सफल नहुन पनि सक्छन्’ प्रवक्ता केसीले भने, ‘प्रदेश अस्पताल र सुर्खेतका अन्य हस्पिटलमा अपरेशन गर्ने समूह एउटै हो ।’ दोस्रो पटकको अपरेशन हुँदा समेत अधिकारीको स्वास्थ्य जटिल बनेपछि थप उपचारका लागि प्रदेश अस्पतालबाट काठमाडौं रिफर गरिएको प्रवक्ता केसीले जानकारी दिए ।

प्रदेश अस्पतालको रिफर अनुरुप अधिकारीलाई सिम्रीक एयरको हेलिकप्टर चाटर्ड गरी शुक्रबार काठमाडौं लगिएको विरामीका आफन्तले जानकारी दिए । ‘डाक्टरको रिफर अनुसार तुरुन्तै सुविधा सम्पन्न हस्पिटल भर्ना गर्नुपर्ने भएकोले हेलिकप्टर बुकिङ्ग गरी काठमाडौं लगिएको हो ।’

‘सुर्खेतबाट पाँच लाख रुपैयाँमा हेलिकप्टर बुकिङ्ग गरि काठमाडौं लगिएको हो ।’ काठमाडौंस्थित ग्राण्डी हस्पिटलमा तीन दिनदेखि उपचाररत अधिकारीको सोमबार राती निधन भएको छ ।

मृतक अधिकारी साबिक छिन्चु गाउँविकास समिति सुर्खेतका तत्कालिन गाविस अध्यक्ष हुन् भने नेकपा एमाले जिल्ला कमिटि सदस्य समेत हुन् ।

सुर्खेत हस्पिटलका डाक्टरले अपरेसन गर्न बिगारेपछि बिरामीकाे ज्यान गयाे

आइपिओ जारी गर्ने नर्भिक अस्पतालको तयारी

सुर्खेत हस्पिटलका डाक्टरले अपरेसन गर्न बिगारेपछि बिरामीकाे ज्यान गयाे

अदालतले राजनीतिक विषयमा हात हाल्याे : ओली

Leave a comment

Your email address will not be published. Required fields are marked *