नाटक अझै बाँकी छ : शंकर पोखरेल

नेकपा (एमाले) का स्थायी समिती सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनादेशबाट अस्वीकृत भएको नेपाली कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल रहस्यमय भएको तर्क गरेका छन्।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलिपल्ट पोखरेलले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन्।

पोखरेलले परमादेशबाट प्रधानमन्त्री बनाउनुको रहस्य थप खुल्दै जाने पनि जिकिर गरेका छन्। नाटक अझै बाँकी रहेकोले यस घटनाको थप पटाक्षेप हुँदै जाने लेखेका हुन्।

पोखरेलले लेखेका छन् ,‘जनादेशबाट अस्वीकृत नेकालाई परमादेशबाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमश पटाक्षेप हुँदै जानेछ। किनकि नाटक अझै सकिएको छैन।’

https://www.facebook.com/shankar.pokhrel.946/posts/1901075776714963

एमाले स्थायी कमिटी बैठक स्थगित

Leave a comment

Your email address will not be published. Required fields are marked *