सुनजस्तो देखिने पदार्थसहित २ भारतीय नागरिक पक्राउ

काठमाडौं : दुबईबाट काठमाडौं आएका दुई जना भारतीय यात्रु सुनजस्तै देखिने पहेँलो पदार्थसहित पक्राउ परेका छन् ।

नेपाल एयरलाइन्सको उडान नम्बर आरए २३० बाट काठमाडौं आएका ३१ वर्षीय सथम हुसेन र ३६ वर्षीय कादर इब्राहिम पक्राउ परेका हुन् ।

हुसेनको गतिविधिमा शंका लागेपछि उनलाई आगमन पार्किङ एरियाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई परीक्षणको लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्याइएको थियो । सो क्रममा हुसेनले मलद्वारमा लुकाएर भन्सार छल्न खोजेको अवस्थामा सुनजस्तो देखिने पाँच थान अर्ध ठोस पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

उनको बयानको आधारमा भारतीय आधार कार्डसमेत बोकेका कादर इब्राहिमलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सुनजस्तो देखिने पदार्थसहित २ भारतीय नागरिक पक्राउ

एक सभापति, एक सहमहामन्त्रीसहित ५२ केन्द्रीय सदस्यले

सुनजस्तो देखिने पदार्थसहित २ भारतीय नागरिक पक्राउ

केन्द्रीय सदस्यका उम्मेदवार रमेश धमलाकाे राजनीतिक यात्रा

Leave a comment

Your email address will not be published. Required fields are marked *