इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भिडन्त जारी, कयौंको मृत्यु

एजेन्सी । विवादित गाजा क्षेत्रमा इजरायली सेना र प्यालेष्टाइन विद्रोहीबीच भिडन्त जारी छ।​ इजरायलले हवाई हमला नै गरेको छ।​

गाजास्थित एक भवन इजरायली रकेट हमलामा ध्वस्त भएपछि विद्रोहीले त्यसको प्रतिउत्तरमा थप हवाई हमला जारी राखेको बताएको बीबीसीले जनाएको छ। इजरायली रकेट प्रहारबाट १३ तल्ले भवन ध्वस्त भएपनि कुनै मानवीय क्षति नभएको अधिकारीहरूको भनाइ छ।

पछिल्लो पटक प्यालेष्टाइनी विद्रोहीले इजरायलतर्फ ३०० बढी रकेट प्रहार गरिसकेको बताइएको छ। जवाफमा इजरायलले पनि गाजाका १५० स्थानमा हवाई महला गरेको जनाएको छ।

इजरायलको सेनाले गाजामा विद्रोही लक्षित हमला गरिरहेको स्पष्ट पारेको छ। आक्रमणमा २६ प्यालेष्टाइनको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

हवाई हमलाबाट दुबैतर्फ थुप्रै मानिसको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। अन्तरराष्ट्रिय समुदायले दुबै पक्षलाई हमला अन्त्य गर्न आग्रह गरिरहेका छन्।

जेरुसेलमको अल अक्सा क्षेत्रमा गत बिहीबारदेखि शुरू भएको तनाव अझै जारी छ। इजरायली प्रहरी र प्यालेस्टाइनी प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपमा २०० जनाजति घाइते भइसकेका छन्‌।

इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भिडन्त जारी, कयौंको मृत्यु

गोवाको सरकारी अस्पतालमा अक्सिजन नपाएर २६ संक्रमितले

इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भिडन्त जारी, कयौंको मृत्यु

एनएसएल : काठमाडाैंलाई हराउँदै धनगढी फाइनलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *