एनएसएल : काठमाडाैंलाई हराउँदै धनगढी फाइनलमा

काठमाडाैं : धनगढी एफसी नेपाल सुपर लिगको फाइनल प्रवेश गरेको छ। प्ले अफअन्तर्गत पहिलो खेलमा काठमाडौं रेजर्सलाई धनगढीले पराजित गरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा धनगढीले काठमाडौंलाई २–१ ले हरायो । निर्धारित समय १–१ को बराबरी भएपछि ३० मिनेट थप गरिएको थियो ।

अतिरिक्त समयमा धनगढीका लागि विशाल राईले उत्कृष्ट गोल गर्दै धनगढीलाई २–१ को अग्रता दिलाए ।

विशालको गोल नै धनगढीका लागि फाइनल प्रवेशका लागि पर्याप्त भयो। यसअघि लिग चरणमा समेत धनगढीले काठमाडौंलाई ३–० को सहज जित हात पारेको थियो।

पहिलो प्ले अफमा हार बेहोरेको काठमाडौं रेजर्सले पुनः एक अवसर पाउनेछ। दोस्रो प्ले अफको विजेतासँग काठमाडौंले पुनः प्रतिस्पर्धा गर्नेछ।

एनएसएल : काठमाडाैंलाई हराउँदै धनगढी फाइनलमा

इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भिडन्त जारी,

एनएसएल : काठमाडाैंलाई हराउँदै धनगढी फाइनलमा

तीन खेल अगावै सिटी बन्यो प्रिमियर लिग

Leave a comment

Your email address will not be published. Required fields are marked *