गोवाको सरकारी अस्पतालमा अक्सिजन नपाएर २६ संक्रमितले ज्यान गुमाए

एजेन्सी । भारतको गोवामा अक्सिजनको अभावमा २६ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

गोवाको सरकारी अस्पताल गोवा मेडिकल कलेजमा मंगलबार अक्सिजनको अभावमा २६ जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्यमन्त्री विश्वजीत राणेले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ।

राणेका अनुसार उनीहरुको अक्सिजनको अभाव हुँदा विहान २ बजेदेखि ६ बजेभित्र यति धेरै संख्यामा संक्रमितको निधन भएको हो । उनले पत्रकारसँग बताए अनुसार अस्पतालमा अक्सिजनको कमी भएको थियो।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले पनि अक्सिजनको कमी भएर ज्यान गएको स्वीकार गरेको भारतीय सरकारी समाचार संस्था पीटीआईले उल्लेख गरेकाे छ।

भारतमा दैनिक चार हजार भन्दा बढी कोरोना संक्रमितले ज्यान गुमाइरहेको छन्। त्यहाँ दैनिक चार लाख संक्रमित थपिँदै गएका छन् ।

गोवाको सरकारी अस्पतालमा अक्सिजन नपाएर २६ संक्रमितले ज्यान गुमाए

कोभिड शंकास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह

गोवाको सरकारी अस्पतालमा अक्सिजन नपाएर २६ संक्रमितले ज्यान गुमाए

इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भिडन्त जारी,

Leave a comment

Your email address will not be published. Required fields are marked *