सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ पुग्यो

सुनको भाउ ९४ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा अधिकतम एक हजार ३०० रुपैयाँले मूल्य वृद्धि हुँदै बिहीबार सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको हो ।
गत बुधबार सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले बृद्धि हुँदै एक हजार २७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने बिहीबार ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।






