बाँके काँग्रेस कार्यालयमा तालाबन्दी

नेपाली काँग्रेस बाँकेको कार्यालयमा बिहीबार तालाबन्दी गरिएको छ। सदस्यता विवादका कारण बाँके क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन्। दुई सय ३९ फर्जी सदस्यता थपे भन्दै पार्टी कार्यालयमा ताला लगाइएको हो । क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले एकलौटी सदस्यता वितरण गरेको भन्दै यहाँ पहिलादेखि नै सदस्यता विवाद थियो।

उक्त फर्जी नाम फिर्ता आएपछि मात्र ताला खोलिने जिल्ला नेता पोषण केसीको भनाइ छ । सदस्यता विवाद मिलेपछि काँग्रेसको अधिवेशन कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा वडा अधिवेशन, कात्तिक ३० गते गाउँपालिका÷नगरपालिका अधिवेशन हुन लागेको थियो । सदस्यता विवाद पुनः सतहमै आएको छ। तर पार्टी सभापति किरण कोइरालाले यसलाई समाधान गरी तोकिएकै मितिमा अधिवेशन गर्ने बताइन्।

बाँके काँग्रेस कार्यालयमा तालाबन्दी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

बाँके काँग्रेस कार्यालयमा तालाबन्दी

सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ पुग्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *