पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै ३ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै खाना पकाउने ग्यासको मूल्य पनि एक सिलिन्डरमा ७५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ । अन्यथा, सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी क्रान्तिकारीले दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

स्वीट्जरल्याण्डबाट आयो चार लाख डोज एस्ट्राजेनेका खोप

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

बाँके काँग्रेस कार्यालयमा तालाबन्दी

Leave a comment

Your email address will not be published. Required fields are marked *