यी ८५ वर्षीय बृद्धा, जो ३९ वर्षका ब्वाईफ्रेन्डसँग ब्रेकअप गरेर नयाँ प्रेमी खोज्दैछिन्

एजेन्सी । भनिन्छ, प्रेममा उमेरको हद हुँदैन । ८५ वर्षकी एक अमेरिकी महिलाले अहिले डेटिङको इच्छा देखाएकी छिन् र उनी नयाँ ब्वाईफ्रेन्ड खोज्दैछिन् ।

न्युर्योक बस्ने हेटी रेट्रोएजले तीन वर्षअघि आफ्ना ३९ वर्षीय ब्वाईफ्रेन्डसँग ब्रेकअप गरेकी हुन् । उनी जिन्दगीमा केही रमाइलो चाहन्छिन् ।

पहिलो पटक डिभोर्स हुँदा यी महिलाको उमेर ४८ वर्ष थियो । त्यसयता, उनी सधैं कम उमेरका पुरुषहरूसँग डेट गर्न रुचाउँछिन् । ‘अहिले म कसैसँग डेट गरिरहेको छैन । बम्बल (डेटिङ साइट) मा पोस्ट पक्कै गर्नेछु किनकी त्यहाँ पूरुषहरुमार्फत केही साथीहरु भेटिएका छन् ।

म अब फेरि डेट सुरु गर्न चाहन्छु, ताकि खुसी हुन सकुँ र फेरि प्रेमको आनन्द लिन सकुँ,’ उनले भनिन्, ‘हिजो बिहान मलाई इजरायलका एक युवकले फोन गर्दै मलाई आफ्नो क्रस मान्ने गरेको सुनाएका थिए ।’

टिन्डरले गरिदियो ब्लक

हेरी सातामा तीनपटक टिन्डर डेमा जान्थिन् । यद्यपि, अहिले यस एप्सले उनलाई ब्लक गरिदिएको छ । त्यहीकारण उनले नयाँ डेटिङ एप्स प्रयोग गर्न थालेकी छिन् । हेरी १९८४ मा आफ्ना पूर्व पतिसँग अलग भएकी थिइन् ।

त्यतिबेला उनका पतिले नै सन्तानको देखभाल गरे । दुई सन्तानकी आमा हेटीका तीनजना नाति–नातिना छन् । उनी पहिले डान्सर थिइन् र अहिले एक लाइफ कोच र लेखकका रुपमा काम गर्छिन् ।

डेटिङका लागि अखबारमा विज्ञापन

२०१८ मा उनी आफ्ना ३९ वर्षीय पूर्व प्रेमी जोनसँग च्यानल फाइभको कार्यक्रम ‘शो एज ग्याप लभ’ मा देखिएकी थिइन् ।

उनका अनुसार टिभी शोमा आइसकेपछि उनले जोनसँग डेट गर्न बन्द गरिन् । यसबाहेक उनले एकपटक ३५ वर्षभन्दा कम उमेरका पुरुषसँग डेट गर्न चाहेको भन्दै पत्रिकामा विज्ञापन पनि दिएकी थिइन् । यसपछि डेट गर्नेहरुको निवेदन ठूलै आएको थियो ।

यी ८५ वर्षीय बृद्धा, जो ३९ वर्षका ब्वाईफ्रेन्डसँग ब्रेकअप गरेर नयाँ प्रेमी खोज्दैछिन्

सुर्खेतको पञ्चपुरीमा दुग्ध चिस्यान केन्द्र सञ्चालनमा

Leave a comment

Your email address will not be published. Required fields are marked *