दुर्गन्धित बन्यो सेती प्रादेशिक अस्पताल

कैलाली । सेती प्रादेशिक अस्पतालको शवगृह दुर्गन्धित बनेको छ । जीर्ण बन्दै गएको शवगृह व्यवस्थित नहुँदा र नजिकै रहेको फोहोर संकलन केन्द्रका कारण दुर्गन्धित बनेको हो ।

टिनको छानोले बनेको शव गृहभित्र वर्षातको समयमा पानी पस्ने गरेको छ । शवगृहमा निकै साँघुरो पनि छ । यसमा दुईवटा शवमात्रै राख्न सकिन्छ भने लामो समय शव राख्नसमेत नमिल्ने देखिन्छ ।

‘शवगृहमा पाँच/छ घण्टा शव राखेपछि किरा लाग्न थाल्छ,’ एम्बुलेन्स चालक लक्ष्मण सिंहले भने, ‘शव गृहलाई व्यवस्थित गर्न कसैको ध्यान गएको छैन ।’ उनले फोहोर संकलन केन्द्र नजिकै शवगृह रहेकाले पनि आम नागरिकले मुख थुनेर शव बुझ्न जानुपर्ने अवस्था रहेको बताए ।

सो शवगृह मापदण्ड अनुसार नरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेयले स्वीकार गरे । उनले लामो समय शवलाई राख्नुपर्दा फ्रिज आवश्यक पर्ने भए पनि त्यो नहुँदा समस्या भएको बताए ।

आधुनिक र नयाँ शव गृह बनाउनका लागि अस्पतालले माग गरे पनि जग्गा अभावका कारण समस्या भएको छ । मेडिकल सुपरिटेण्डेण्ट पाण्डेयले भने, ‘जग्गा नहुँदा नयाँ शवगृह बनाउन सकिएको छैन ।

अब हामीले यही शव गृहलाई मर्मत गराउने भनेका छौं । यसमा पनि समस्या नै छ ।’ शव गृह मर्मत गरुञ्जेल शवको व्यवस्थापन कहाँ गर्ने भन्ने समस्या देखिएको उनको भनाइ छ ।

दुर्गन्धित बन्यो सेती प्रादेशिक अस्पताल

‘द भ्वाइस अफ नेपाल’मा फर्किए दीप श्रेष्ठ

Leave a comment

Your email address will not be published. Required fields are marked *