नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको माधव नेपाल पक्षले स्थायी कमिटी बैठक बाेलाएकाे छ । भर्चुअल हुने बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल हुने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

साेमबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदै गर्दा नेता नेपाल समूहका २८ सांसद अनुपस्थित भएका थिए । ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न असफल भए ।

यता नयाँ गठबन्धनको सरकार निर्माणमा पनि नेता नेपाल समूह निर्णायक भुमिका देखिएकाे छ । उसका सबै सांसदले राजीनामा दिएको वा विश्वासको मत नदिएको निहुँमा अध्यक्ष ओलीले कारबाही गरेमा कांग्रेस र माओवादी केन्द्रलाई बहुमतको सरकार गठनका लागि केही सहज हुनेछ।

नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

कोरोना महामारीमा बालबालिकाको शिक्षा

नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

बर्नलीसँग पराजित भएपछि फुलहम रेलिगेसनमा

Leave a comment

Your email address will not be published. Required fields are marked *