नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं : नेकपा एमालेको माधव नेपाल पक्षले स्थायी कमिटी बैठक बाेलाएकाे छ । भर्चुअल हुने बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल हुने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
साेमबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदै गर्दा नेता नेपाल समूहका २८ सांसद अनुपस्थित भएका थिए । ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न असफल भए ।
यता नयाँ गठबन्धनको सरकार निर्माणमा पनि नेता नेपाल समूह निर्णायक भुमिका देखिएकाे छ । उसका सबै सांसदले राजीनामा दिएको वा विश्वासको मत नदिएको निहुँमा अध्यक्ष ओलीले कारबाही गरेमा कांग्रेस र माओवादी केन्द्रलाई बहुमतको सरकार गठनका लागि केही सहज हुनेछ।