बाबर आजम बने बने ‘आईसीसी प्लेयर अफ द मन्थ’

काठमाडौं : पाकिस्तान क्रिकेट टोलीका कप्तान एवम् ब्याट्सम्यान बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को प्लेयर अफ द् मन्थ चुनिएका छन्।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल, पाकिस्तानका बाबर र फकार जमाम आईसीसीको प्लेयर अफ द् मन्थको मनोनयनमा परेका थिए ।

आईसीसीले प्रशंसकको दश प्रतिशत मतदान र ९० प्रतिशत चयन समितिले दिएको अङ्कको आधारमा सबैभन्दा बढी अङ्क ल्याएका बाबरलाई प्लेयर अफ द् मन्थको उपाधि दिएको हो।

आईसीसी सोमबार चयन समितिको निर्णय सार्बजनिक गर्दै पाकिस्तानका बाबरलाई प्लेयर अफ द् मन्थ चुनेको हो । २६ वर्षीय बाबरले अप्रिल महिनामा तीन अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा एक शतकसहित २२८ रन बनाएका थिए ।

त्यसैगरी, उनले पाँच टी ट्वान्टीमा एक शतकसहित ३०५ रन बनाएका थिए। गत् अप्रिल महिनामा बाबर अन्तर्राष्ट्रिय एकदिवसीयको विश्व वरीयतामा शीर्ष स्थानमा उक्लिएका थिए।

बाबर आजम बने बने ‘आईसीसी प्लेयर अफ द मन्थ’

भारतमा अक्सिजन अभाव : आन्ध्र प्रदेशमा फेरि

बाबर आजम बने बने ‘आईसीसी प्लेयर अफ द मन्थ’

नेपाल सुपर लिगको पहिलो प्लेअफ आज, विजेता

Leave a comment

Your email address will not be published. Required fields are marked *