निगालचुलामा समाजवादीको प्रशिक्षणत्माक वडा भेला

दुर्गा विसिर : सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा १२ निगाल्चुलामा नेकपा समाजवादिको वडा भेला सम्पन्न भएको छ । भेलालाई जिल्ला अध्यक्ष उदय वोहरा,जिल्ला कमिटी सचिव रमेश कुमार गौतम,प्रदेश कमिटी सदस्य गणेश विसि लगाएतका वक्ताहरुले प्रशिक्षण दिएका थिए ।

सल्यानको दुर दराज तथा नगरको निकै टाढा रहेको यो वडाका पुग्नै हम्मेहम्मे छ । कार्यक्रम गर्न नै पार्टी कार्यकर्ताहरुलाइ निकै मुस्किल पर्ने ठाउँमा समाजवादी भने जम्बो भेला गरेको छ । भेलालाई पार्टी अध्यक्ष वोहराले कुनै कसैको लोभ र भुलभुलैयाबाट टाढा रहन आग्रह गरेका छन् । निगाल्चु जस्तो यो भुवनौटमा समाजवादिको वडा भेलाले शुभ संकेत तथा राम्रो छनक देखाएइ सकेको वताए ।निगाल्चुला पनि नेकपा एमाले भन्दा नेकपा (एस) पार्टी वलियो रहेको नेताहरूको दावि रहेको छ । करिव १ सय वढिको उपस्थितिमा वडा कमिटीसँग युवा संघ समेत गठन गरेको छ । तुलसि प्रसाद वलिको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ भने डिलवहादुर विकको अध्यक्षता पनि ३५ सदस्यीय युवा संघ गठन गरिएको छ । साथै पार्टी अध्यक्ष वोहराले नेकपा एमालेका संगठित सदस्य प्रमोद पुन,लालबहादुर खत्री,महेन्द्र खत्री,सुशील वलि र नेपाली कांग्रेसबाट शेरवहादुर खड्का,शेरवहादुर वलिले समाजवादिमा प्रवेश गरेका छन् । नेकपा एमाले र समाजवादिमा भनेर विवादास्पद वनेका जोखे कामी पनि समाजवादिको वडा कमिटी सदस्य वनेका छन् । नगर संयोजक रविराज शर्मा,जिल्ला कमिटी,वडा अध्यक्ष तथा नगर कमिटी सचिव गोविन्द डाँगी,युवा संघ नगर सचिव प्रसान्त साहु,युवा संघका जिल्ला कमिटी सदस्य ईन्द्र पुन,पुर्न वहादुर घर्ती,पार्टी नगर कमिटी सदस्य दिप वस्नेत लगाएतले धारणा राखेका थिए । नगरको उच्च डाँडा भएको कार्यक्रम स्थानीय अगुवा पार्टी कार्य कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियोे ।






