नगरमा चौतर्फी एमालेलाई क्षेती,दर्जनौ कार्यकर्ता माओवादि केन्द्रमा प्रवेश

दुर्गा विसिर : नेकपा माओवादि केन्द्रले नगरको वडा,१० रजैइ खोलामा गरेको वडा भेलामा थुप्रै एमाले पार्टी सदस्यहरुलाइ आफ्नो पार्टीमा प्रवेश गराएको छ । बनगाड कुपिण्डे नगरपालिकाको वडा,१० मा पर्ने उक्त स्थानमा माओवादि केन्द्र पार्टीको वडा स्तरीय भेला आयोजना गरिएको थियो । भेलाले सेलकमिटि गठनसँगै टोल कमिटी पनि गठन गरेको छ ।नेकपा माओवादि पार्टीका जिल्ला तहका नेताहरुको उपस्थितिमा एमाले पार्टी सदस्य नरवहादुर पुन, डोटे कामी,लक्ष्मण पुन,अमर पुन,विरवहादुर कवंर,अमर परियार,हर्क पुन,डिला पुन,मैकली पुन,धनसरि वलि,चुइसा दमाई,देववहादुर थापा लगाएत टोलै प्रवेश गराएको छ ।

नेकपा माओवादिका जिल्ला अध्यक्ष कर्णवहादुर वुढाथोकिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर अध्यक्ष कृतिवहादुर राना,जिल्ला कमिटी सदस्य दिपक यरि,विरवहादुर वुढा र दुर्गा वुढाथोकिले प्रशिक्षणआत्मक धारणा राखेका थिए । वडा भेलामा वडा कमिटी अध्यक्ष विरवहादुर वुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टी वडा सचिव सुकलाल थापाले गरेको नगर अध्यक्ष रानाको भनाइ रहेको छ । वडा अभियानलाई माओवादि पार्टी केन्द्रले पनि तिव्रता दिएको छ ।






