स्थानीय तह कर्मचारी हकहित मञ्च प्रदेश समिति गठन

सुर्खेत, २४ असोज ।

स्थानीय तह कर्मचारी हकहित मञ्च कर्णाली प्रदेश समन्वय समितिको गठन गरिएको छ । केन्द्रीय समन्वय समिति एवं प्रदेश सम्पर्क व्यक्ति रेशम रेग्मीको अध्यक्षतामा बसेको बैठकले प्रदेश समन्वय समिति गठन गरेको हो ।

लक्ष्मी प्रसाद अधिकारीको संयोजकत्वमा संयोजक सहित १९ सदस्यीय समिति गठन गरिएको छ । समितिमा सह संयोजक पदमराज धिताल, सचिव उमेश जङ्ग कार्की, उपसचिव इन्द्र बहादुर केसी तथा कोषाध्यक्ष रामप्रसाद शर्मा रहेका छन् ।

यस्तै सदस्यहरूमा खड्क बहादुर चन्द, ओम प्रकाश नेपाली, चित्र ढकाल, लाल बहादुर सुवेदी, जगत सिंह, उमेश जङ्ग शाही, कृष्ण आचार्य, मनोज ज्ञवाली, भिमराज खत्री, डिलाराम मगर, प्रब शाही, धिरेन्द्र केसी, चिन बहादुर तारामी, दिलिप प्रसाद न्यौपाने र विष्णुप्रसाद शर्मा छन् । बैठकमा विजया दशमी तथा दीपावलीको शुभकामना आदानप्रदान गरिएको थियो ।

साथै जिल्ला कमिटी र प्रदेश कमिटीको समिति गठन गर्नुपर्ने, सम्पूर्ण माग र मुद्दालाई अगाडी बढाई कार्यान्वयनका पक्षमा लाग्ने र आन्दोलनको खाका तयार गर्ने र कमिटीलाई चलायमान बनाउन कोष तयार गरी अगाडी बढ्ने लगायतका निर्णय भएका छन् ।

भेलाका अध्यक्ष रेग्मीले निर्णयमाथि छलफल गर्दै समितिलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका छन् । बैठकमा बोल्दै केन्द्रीय समन्वय समितिका सदस्य मेघराज खत्रीले केन्द्रीय समिति गठन तथा हालसम्म भए गरेका कार्यबारे प्रकाश पारेका थिए ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

स्थानीय तह कर्मचारी हकहित मञ्च प्रदेश समिति गठन

जनप्रतिनिधिसँग मौलिक हकका सवालमा सवाल जवाफ

Leave a comment

Your email address will not be published. Required fields are marked *