‘गोयललाई बालुवाटार छिराउने नेतालाई राष्ट्रवादी भन्न मिल्छ?’

काठमाडौं : नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले भारतीय गुप्तचर प्रमुख समन्तकुमार गोयललाई बालुवाटार छिराउने मानिसलाई राष्ट्रवादी भन्न नसकिने बताएका छन्‌।

राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद रायमाझीले प्रश्न गरे, ‘सामन्त गोयललाई बालुवाटारमा कस्ले छिराएको? यस्ता नेतालाई राजनेता र राष्ट्रवादी भन्न मिल्छ?’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चुच्चे नक्सा लुकाएको आरोप पनि उनले लगाए। ओली नेतृत्वको सरकार संविधान मिच्दै बाहिर गएकाले कांग्रेस नेतृत्वमा सरकार बनेको उनको भनाइ छ।

पाँच दलीय गठबन्धनको सरकारले जनताको पक्षमा काम गर्ने जिकिर उनले गरे। उनले थपे, ‘कोरोनाको खोप ल्याएर जनताको सुरक्षा गर्छ। त्यसैले विपक्षी दलले सरकारको चिन्ता गर्नुपर्दैन।’

कोरोना महामारी अर्बौं रुपैयाँ भ्रष्टाचारबारे छानबिन गर्ने संसदीय समिति बनाउन पनि उनले माग गरेका छन्।

सांसद रायमाझीले भने, ‘कोरोनाको महामारीमा स्वास्थ्य सामाग्री खरिद गर्दा अर्बौं रुपैयाँ भ्रष्टचार भएको छ, त्यसमा संलग्नहरूमाथि कारबाही गर्न संसदीय समिति बनाउनुपर्छ।’

‘गोयललाई बालुवाटार छिराउने नेतालाई राष्ट्रवादी भन्न मिल्छ?’

म झ्यालबाट होइन, असाधारण जनमतसहित फेरि प्रवेश

Leave a comment

Your email address will not be published. Required fields are marked *