अमेरिका गैरजिम्मेवार हुँदा अफगानिस्तानमा समस्या : पाकिस्तानी विदेशमन्त्री

एजेन्सी । पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानबाट अमेरिका गैरजिम्मेवार रूपमा निस्किएको बताएका छन्‌।​

विदेशमन्त्री साह मोहमद कुरैसीले अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेना गैरजिम्मेवार रूपमा बाहिर निकालेकाले यो अवस्था आएको बताएका हुन्‌।

अमेरिका र नेटो सेना अफगानिस्तानबाट निस्किएपछि त्यहाँको अवस्था अराजक बन्दै गएको उनले उल्लेख गरेका छन्‌।

विदेशमन्त्री कुरेसीले भनेका छन्‌ कि अमेरिकाले आफ्नो र नेटो सेनालाई बिना कुनै तयारी गैरजिम्मेवारी रूपमा निकालेकाले त्यहाँ तालिबान विद्रोहीहरूले अराजकता मच्चाउन थालेका हुन्‌।

उनले सोमबार पाकिस्तानको इस्लामावादमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भने, ‘अमेरिकाले आफ्नो र नेटो सेनालाई जिम्मेवार र व्यवस्थितरुपमा फिर्ता गरेको भए अहिलेको यो अराजक अवस्था आउने थिएन, तर अमेरिकाले यसतर्फ ध्यानै दिएन।’

हाल अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता भइरहेका समयमा देशैभरि हिंसा भएको र यसका कारण अराजकताको अवस्था आएको पनि उनले बताए।

अमेरिकाले व्यवस्थित रूपमा सेना फिर्ता गर्ने योजना बनाउनुपर्नेमा त्यसो नगरेको र जसका कारणले अहिले तालिबानले देशमा हिंसा गरिरहेको कुरैसीले दाबी गरे।

अफगानिस्तानमा शान्ति स्थापनाका लागि विगतमा पाकिस्तानले पनि धेरै काम गरेको भन्दै उनले यतिखेर यहाँको शान्ति प्रक्रिया धरापमा परेकोमा पाकिस्तानलाई चिन्ता लागेको बताए।

अमेरिका गैरजिम्मेवार हुँदा अफगानिस्तानमा समस्या : पाकिस्तानी विदेशमन्त्री

‘हवाना सिन्ड्रोम’ बारे अमेरिकी अधिकारी अझै ‘अनिश्चित’

Leave a comment

Your email address will not be published. Required fields are marked *