कर्णालीमा हेलिएकी उर्मिलाको शव ८ दिनपछि भेटियो

सुर्खेत- डुंगा दुर्घटना हुँदा कर्णाली नदीमा हेलिएकी कैलालीकी उर्मिला सलामी मगरको शव भेटिएको छ। मोहन्याल गाउँपालिका-३ की उर्मिलाको शव बेपत्ता भएको ८ दिनपछि लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली नदीको बीच भागमा भेटिएको हो।

साउन १७ गते मोहन्याल गाउँपालिका-३ बाट सुर्खेतको चौकुने आउँदै गर्दा डुंगा दुर्घटना भएको थियो। डुंगा दुर्घटना हुँदा उर्मिलासहित उनको १० दिनका छोरा र सोही स्थानकी २० वर्षीया पार्वती थापा बेपत्ता भएका थिए।

मोहन्याल रांगामा स्वास्थ्य चौकी नहुँदा उनीहरु चौकुने गाउँपालिका-४ को विजौरा स्वास्थ्य चौकीमा नियमित खोप लगाउन आएका थिए। उर्मिलाको शव पोष्टमार्टम् पछि सोमबार आफन्तलाई जिम्मा लगाइएको कैलालीका डीएसपी प्रतीक विष्टले जानकारी दिए।

कर्णालीमा हेलिएकी उर्मिलाको शव ८ दिनपछि भेटियो

विश्वविद्यालयमा राजनीति नगरौं

कर्णालीमा हेलिएकी उर्मिलाको शव ८ दिनपछि भेटियो

दैलेखमा ४ महिने सुत्केरीमाथि तातोपानी खन्याउने श्रीमान

Leave a comment

Your email address will not be published. Required fields are marked *