दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज, हेर्नुस् ट्रेलर

काठमाडौं : दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज भएको छ। एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म यो वर्षको बहुप्रतीक्षित फिल्मको रूपमा हेरिएको छ।

फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिकमा रहेका छन् भने अजय देवगनका साथै आलिया भट्टको पनि अभिनय देख्न सकिन्छ।

निर्देशक राजामौलीले केवी विजयेन्द्र प्रसादले लेखेका मौलिक कथाबाट फिल्मको पटकथा लेखेका हुन्।

डीभीभी इन्टरटेन्मेन्टको लगानी रहेको उक्त फिल्म ४०० करोड भारुमा निर्माण गरिएको बताइएको छ। फिल्मको रिलिज डेट भने ७ जनवरी २०२२ लाई तोकिएको छ।

दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज, हेर्नुस् ट्रेलर

लेकवेशीमा बृहत स्वास्थ्य शिविर गर्दै लाइन्स क्लव

Leave a comment

Your email address will not be published. Required fields are marked *