कांग्रेस केन्द्रीय कार्यसमिति बैठकद्वारा महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित


काठमाडौं : नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले १४औँ महाधिवेशनमा पेस गरिने विभिन्न तीन वटा प्रस्ताव पारित गरेको छ।

आज केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले राजनीतिक, आर्थिक तथा नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पारित गरेको हो। बैठक पछि पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीद्वयको तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सांगठानिक प्रतिवेदन पेस गरेको जानकारी दिए।

उक्त प्रतिवेदन केही रायसहित पारित गरेको शर्माले बताए। यस्तै कोषाध्यक्षले प्रस्तुत गरेको लेखासम्बन्धी प्रतिवेदन पनि पेस भएर पारित भएको शर्माले जानकारी दिए। प्रतिवेदनअनुसार कांग्रेससँग हालसम्म १० करोडभन्दा बढी रकम कोषमा संचित रहेको उल्लेख गरिएको छ।

यस्तै पार्टीको नीति अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पेस भएर पारित भएको छ। विभिन्न समयमा आवश्यकता अनुसार गरिएको विधानको परिमार्जन, संशोधन लगायतका विषय पनि बैठकबाट अनुमोदन गरिएको शर्माले बताए। आजको बैठकमा नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंह भने अनुपस्थित थिए।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकद्वारा महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित

निकुञ्‍जमा सिकार गर्न छिरेका ४ जना हतियारसहित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकद्वारा महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित

दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज,

Leave a comment

Your email address will not be published. Required fields are marked *