लेकवेशीमा बृहत स्वास्थ्य शिविर गर्दै लाइन्स क्लव

सुर्खेतको लेकवेशी नगरपालिकामा बृहत स्वास्थ्य शिविर हुने भएको छ । सामाजिक कार्यमा सक्रिय लायन्स क्लवअफ सुर्खेत बुलबुले र लायन्स क्लवअफ सुर्खेत तेउतीले स्वास्थ्य शिविर आयोजना गर्न लागेका हुन् ।
आउँदो शनिबार (२५ गते) नगरपालिकाको वडा नं. १० मा स्वास्थ्य शिविर हुने क्लवले जनाएका छन् । एक दिनभर सञ्चालन हुने स्वास्थ्य शिविरमा निःशुल्क रुपमा विरामीको उपचार गरिने छ । विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर गर्न लागेको लायन्स क्लवका अध्यक्ष कृष्णप्रसाद ढकालले जानकारी दिए । शिविरमा हाडजोर्नी, नसा रोग र मुख तथा दन्तरोग गरेर तीन जना विशेषज्ञ डाक्टरले विरामीको उपचार गर्ने गरिने छ ।






