एनसीसी बैंकको बार्षिकोत्सवमा बृहत रक्तदान

सुर्खेत
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)को बार्षिकोत्सवमा ४३ पिन्ट सक्तदान गरिएको छ । बैंकको २५ औं बार्षिकोत्सवको अवसरमा सुर्खेत शाखाले बिहीबार वीरेन्द्रनगरमा बृहत रक्तदान कार्यक्रम गरेको थियो । कार्यक्रममा ४३ जनाले रक्तदान गरेको सुर्खेत शाखाका प्रमुख निरञ्जन ज्ञवालीले जानकारी दिए ।
‘कम्तिमा एक परिवार एक रक्तदान अभियानमा सहभागी बनौं, अठार बर्ष पैतिालिस किलो, रक्तदान गर्न नगरौं ढिलो’ भन्ने मूला नारासहित बैंकले वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम गरेको थियो । दैनिक रगत दिनुपर्ने विरामीलाई राहत पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको हो ।








