अघि बढे शेखर,एकपटक यसैपटकु भन्दै सभापतिको प्रचार सुरु

काठमाडौं : संस्थापन इतर पक्षमा लामो रस्साकस्सी पछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति पदमा आफ्नो दाबी नछाड्ने संकेत गरेका छन्।

बिहीबार अपरान्ह सामाजिक संजालमा महाधिवेशन केन्द्रित आफ्नो पोस्टर सार्वजनिक गर्दै कोइरालाले सभापति पदका लागि पछि नहट्ने संकेत गरेका हुन्।

उनले एक पटक यसैपटकु लेखेको पोस्टर सार्वजनिक गरेका हुन्।

आज बिहानमात्र कोईरालाले रामचन्द्र पौडेल निवासमा पुगेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

बुधबार कांग्रेस संस्थापनइतरको समूहले साझा उम्मेदवार उठाउन विभिन्न चरणमा छलफल गरेको थियो।

सभापतिका आकांक्षी रामचन्द्र पौडेल, प्रकाशमान सिंहले आफ्नो अडान नछोडेपछि छलफल बिना निष्कर्ष टुंगिएको थियो।

कोइराला रामचन्द्र पौडेललाई साझा उम्मेदवार मान्न तयार भए पनि प्रकाशमान सिंहले दाबी नछाडेपछि उनी अघि बढेका हुन्।

कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरू हुँदैछ।

अघि बढे शेखर,एकपटक यसैपटकु भन्दै सभापतिको प्रचार सुरु

एनसीसी बैंकको बार्षिकोत्सवमा बृहत रक्तदान

अघि बढे शेखर,एकपटक यसैपटकु भन्दै सभापतिको प्रचार सुरु

पुस ४ गतेदेखि ५७ जिल्लाका १२ देखि

Leave a comment

Your email address will not be published. Required fields are marked *