चौथो संस्करणको इपिएलको उपाधि चितवनले जित्यो, पाेखरा ४ विकेटले पराजित

काठमाडौं : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) को उपाधि चितवन टाइगर्सले जितेको छ।

काठमाडौंको कीर्तिपुरमा सञ्चालन भएको लिगको फाइनल खेलमा चितवनले पोखरा रोइनोजलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको हो।

पोखरा राइनोजले दिएको ११२ रनको लक्ष्य चितवनले १५.५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। चितवनको जितका लागि भीम सार्कीले ६३ रनको योगदान गरे।

उनले ४५ बलमा ७ चौका र २ छक्कासहित ६३ रनको योगदान दिए। यस्तै, यस्तै, दीलिप नाथले १८, राजेश पुलामीले १४ र मोहम्मद शाहजादले ११ रन बनाए।

बलिङमा किशोर महतोले ४ र नन्दन यादवले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो। पोखराका लागि असेला गुनारत्नेले ३४, रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन बनाए।

बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। पोखरालाई सस्तै समेट्न कमलसिंह ऐरीले ३, करिम जनत र सेकुग्गे प्रसन्नले २–२ तथा सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए।

च्याम्पियन बनेको चितवनले ट्रफीसहित नगद ५० लाख रूयैयाँ पाएको छ। उपविजेता बनेको पोखराले भने १५ लाख रुपैयाँमै चित्त बुझाएको छ।

चौथो संस्करणको इपिएलको उपाधि चितवनले जित्यो, पाेखरा ४ विकेटले पराजित

दुर्वव्यवहारको आरोपमा विद्यालयका प्रिन्सिपल पक्राउ

चौथो संस्करणको इपिएलको उपाधि चितवनले जित्यो, पाेखरा ४ विकेटले पराजित

पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण

Leave a comment

Your email address will not be published. Required fields are marked *