दुर्वव्यवहारको आरोपमा विद्यालयका प्रिन्सिपल पक्राउ

२३ असोज, काठमाडों । बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित दीपज्योति स्कुलका प्रधानाध्यापक ४० वर्षीय दमन पाण्डे पक्राउ परेका छन ।
जबरजस्ती करणी र आत्महत्या दुरुत्साहन सम्बन्धी कसूरमा किटानी जाहेरी परेपछि अनुसन्धानका लागि उहाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रवीन्द्र खनालले जानकारी दिए । ‘जिल्ला अदालत, बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत छानबिन भइरहेको छ,’ उनले भने , ‘प्रमाण संकलनको काम अब थालिनेछ ।’

दीपज्योति स्कुलबाट एसईई परीक्षा दिएकी १७ वर्षीया विद्यार्थी एलिसा शाहले ७ साउनमा गाभरस्थित घरमा सलको पासोमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

घटनाको एक सातापछि पीडित परिवारले दिएको जाहेरीका आधारमा शिक्षक पक्राउ परेका हुन ।एलिसाका आफन्त आदर्श मल्लका अनुसार प्रहरीले किरियाकर्म सकेर जाहेरी दिन भनेकाले ढिलो उजुरी परेको हो ।

प्रहरीले एलिसाले लेखेको सुसाइड नोट पनि बरामद गरेको छ, जसमा ‘हजुरको नाक काट्नुभन्दा बरु म आफैं मर्छु’ भनिएको छ । नोटको अन्तिममा उनले आफूलाई धेरै डर लागिरहेको पनि उल्लेख गरेकी छन् ।

‘नोटबाट उनले स्वेच्छाले नभई कसैका कारणले आत्महत्या गर्नेसम्मको परिस्थिति सिर्जना भएको देखियो,’ एलिसाका बुबा वकिलजंगले दिएको किटानी जाहेरीमा भनिएको छ, ‘कसैसँग सम्बन्ध रहेको हुनसक्ने देखिएपछि फेसबुक एकाउन्ट खोलेर हेरेका थियौं ।’

म्यासेन्जरमा भएको कुराकानी हेर्दा एसईई दिएको विद्यालयका प्रधानाध्यापक पाण्डेसँग लामो समयदेखि ‘अस्वाभाविक कुराकानी’ भएको देखिएको उनको भनाइ छ ।

‘प्रिन्सिपल र शिक्षकजस्तो मर्यादित र सम्मानित पदमा कार्यरत पाण्डेले निःशुल्क ड्रेस र पुस्तक उपलब्ध गराइदिने, मोबाइलमा रिचार्ज गरिदिने, ल्यापटप किन्ने आश्वासन दिने गरेको पनि देखियो,’ एलिसाका बुबाले भनेका छन ।

एक अनुसन्धान अधिकृतका अनुसार पनि फेसबुकमा शिक्षक पाण्डेले ‘तिमी मेरो लागि विशेष छौं, मिस यू, तिमी मलाई विश्वास गर्छौं होला, फोटो पठाइदेउ,’ जस्ता म्यासेजहरु गरेका छन् । ती म्यासेजबाट नाबालिका छोरीलाई ललाईफकाई झुक्याएर यौन शोषण समेत गरेको शाहको परिवारका सदस्यहरुको दाबी छ ।

दुर्वव्यवहारको आरोपमा विद्यालयका प्रिन्सिपल पक्राउ

मिल्ने साथी थिए परिवारले विहे गरिदिए

दुर्वव्यवहारको आरोपमा विद्यालयका प्रिन्सिपल पक्राउ

चौथो संस्करणको इपिएलको उपाधि चितवनले जित्यो, पाेखरा

Leave a comment

Your email address will not be published. Required fields are marked *