२०८३ मंसिर १० गते
वीरेन्द्रनगर, सुर्खेत 12°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

दिलिप कुमारको अन्तिम तस्बिर भाइरल, अँगालो मारेर रोइन् सायरा बानो

एजेन्सी । भारतका दिग्गज अभिनेता दिलिप कुमारको निधनले उनकी श्रीमती सायरा बानोलाई झट्का दिएको छ । यो उमेरमा अब सायरा एक्लो बनेकी छिन् । सधैं सँगै देखिने दिलिप–सायराको जोडी अब टुटेको छ ।

दिलिप कुमारको निधन भएपछि सायराको भावुक पारिदिने थुप्रै तस्बिर सार्वजनिक भएका छन् । यी तस्बिरमा सायराको पीडा स्पष्ट रुपमा झल्कन्छ । दिलिप कुमारको यो अन्तिम तस्बिर सोसल मिडियामा छाएको छ जहाँ अन्तिम संस्कार अघि सायराले दिलिपलाई अँगलो मारेर रोइरहिन् ।

सायरा बानोले जसरी आफ्ना श्रीमान दिलिपलाई अँगालो हालेर रोइरहेकी छिन्, त्यो देखेर थुप्रै्रको आँखा रसाएको भारतीय सञ्चार माध्यमले बताएको छ । दिलिप कुमार र सायरा बानोको अटुट प्रेम कसैबाट लुक्न सकेको छैन । विभिन्न रोगसँग जुधिरहेका दिलिप कुमारको हिम्मत सायरा बानो थिइन् ।

दिलिप कुमारका साथी धर्मेन्द्र पनि निकै दुःखी देखिए । दिलिप कुमारको अन्तिम दर्शन गर्न पुगेका धर्मेन्द्रको यो फोटो पनि जताततै छाएको छ । ती तस्बिरमा उनी सायरा बानोसँग दिलिप कुमारको पार्थिव शरीरसँगै बसिरहेका छन् । दिलिप–सायरासँग धर्मेन्द्रको निकै राम्रो सम्बन्ध छ । यो समयमा सायराले धर्मेन्द्रलाई भनेकी थिइन्, ‘हेर धरम, साहबले आँखा झिम्काउनुभएको छ ।’

धर्मेन्द्र र दिलिप कुमारबीच निकै राम्रो सम्बन्ध थियो । अन्तिम दर्शन गरिरहेको धर्मेन्द्रको यो तस्बिर पनि चर्चाको विषय बनेको छ । धर्मेन्द्र दिलिप कुमारलाई आफ्ना दाइजस्तै मान्थे । यी दुईले सँगै एक बंगाली फिल्ममा काम गरेका थिए । सायरालाई ढाडस दिन फिल्मी क्षेत्रका थुप्रै व्यक्तित्वको उपस्थिती थियो ।

दिलिप कुमारको अन्तिम तस्बिर भाइरल, अँगालो मारेर रोइन् सायरा बानो

लोकसेवा आयोगले रद्द गर्‍यो राष्ट्रिय वाणिज्य बैंकको

दिलिप कुमारको अन्तिम तस्बिर भाइरल, अँगालो मारेर रोइन् सायरा बानो

तेलुगु फिल्म ‘मिशान इम्पोसिबल’ मा तापसी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!