२०८३ मंसिर १० गते
वीरेन्द्रनगर, सुर्खेत 12°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

युनियन लाइफको आईपीओ निष्कासन

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो।

जारी पुँजी दुई अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकम बराबरको १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ।

जसमध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ। ५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिएको छ। सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

युनियन लाइफको आईपीओ निष्कासन

जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा, फेडेरर पराजित

युनियन लाइफको आईपीओ निष्कासन

इसेवा र सिफ्ट सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!