नानि देखि लागेको वानी | मालपोत कार्यालय सुर्खेत (भिडियो सहित)

जिल्ला प्रसाशन कार्यालय सुर्खेतले, मालपोत कार्यालय सुर्खेतमा टोकन लागु गरिपनि सेवा सहज हुन सकेन ।
कणांली प्रदेशको राजधानी सुर्खेतमा रहेको मालपोत कार्यालयमा समयमै काम नहुने र सास्ती बढी हुने गुनासो बढ्न थाले पछि विभिन्न समयमा विभिन्न निकायले अनुगमन गरि सुझाव पनि दिएका छन ।
त्यति मात्र भएन, जिल्ला प्रशासन कार्यालय सुर्खेतले प्रत्यक्ष निग्रानी गर्दै टोकन सिस्टम पनि लागु गरायो तर पनि सेवाग्राहीले सास्ती भोग्न छुटेन ।
कार्यालय प्रमुख तथा सुचना अधिकारी कार्यालय समयमा कार्यालयमा नहुदा धेरै सेवा ग्राहीले समस्या भोग्नु परोको छ ।
हामी मालपोत कार्यालय सुर्खेतमा पुग्दा एक जना सेवा ग्राहीले सुचना अधिकारी जनक वहादुर हमाल लाई फोन गर्दाै हुनुहुन्थ्यो ।
यो सम्वाद हामिले भिडियो रेकड पनि गयौ । मंसिर १९ गते देखि मालपोत धाइरहनुभएका सेवाग्राही ३ दिन देखि कार्यालय प्रमुख २ वजे पछि कार्यालयमा भएकाले समस्या भएको गनासो सुनाउदौ हुनुहुन्थ्यो ।
उल्टो जवाफमा हमाल भन्दै हुनुहुन्थ्यो, कार्यालय प्रमुखले जति पटक गरे पनि आफनो फोन नउठाउने र वरु उल्टै माल खाएर कता वरालिएको होला भन्ने जस्तो आरोप पनि लगाउनु भयो ।
यो भिडियो हेनुहोस ।।।।।
https://youtu.be/TPn_0Cg3bOY

https://youtu.be/TPn_0Cg3bOY

नानि देखि लागेको वानी | मालपोत कार्यालय सुर्खेत (भिडियो सहित)

वालिबसँग पुलिस पराजित

Leave a comment

Your email address will not be published. Required fields are marked *