वालिबसँग पुलिस पराजित

राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब पराजित भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा पुलिस स्याब्जाको वालिब नगरपालिकासँग १–० गोल अन्तरले पराजित भएको हो । बलियो टिम पुलिसविरुद्ध वालिबलाई जित दिलाउन मेथो रुथले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा क्यामरुनी खेलाडी रुथले निर्णायक गोल गरिन् । 

जितसंगै वालिब लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिबले ७ खेलमा ११ अंक जोडेको छ । पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ । पुलिसको यो लगातार दोस्रो र प्रतियोगिताको तेस्रो हार हो । यस अघिको खेलमा पुलिस विराटनगरसँग पराजित भएको थियो । यस्तै पुलिसले लिग अन्तर्गत नै पहिलो चरणको खेलमा वालिबसँग १–१ गोलको बराबरी खेलेको थियो । महिला लिग अन्तर्गत सोमबार एक खेल हुनेछ । सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार एपीएफ र चौदण्डीगढी नगरपालिका भिड्ने छन् ।

पुलिसका मुख्य प्रशिक्षक संजिब जोशीले डिफेन्सको गल्तिले पराजित भएको बताए । ‘खेल राम्रो भएको हो । तर, डिफेन्सको गल्तीमा गोल खायौं । पाएको मौकालाई सदुपयोग गर्न सकेनौं,’ उनले भने । वालिबका प्रशिक्षक दिलिप थापाले पुलिससँगको तीन अंकले खेलाडीमा हौसला मिलेको बताए । ’जित्नै पर्ने खेल थियो । तीन अंकको दबाब थियो । अंक आयो । अबको खेलमा हौसला आउँछ,’ उनले भने

वालिबसँग पुलिस पराजित

हिमताल फुट्दा आएको बाढीमा १५० जना बेपत्ता

वालिबसँग पुलिस पराजित

नानि देखि लागेको वानी | मालपोत कार्यालय

Leave a comment

Your email address will not be published. Required fields are marked *