हिमताल फुट्दा आएको बाढीमा १५० जना बेपत्ता

भारत २६ माघ, भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको भीषण बाढीमा १५० जना बेपत्ता भएका छन् । चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगंगा नदीमा बाढी आएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् हिमताल विस्फोटपछि आएको बाढीले ऋषि गंगा जलविद्युत् आयोजनामा कार्यरत १५० मजदुर बेपत्ता भएका समाचार संस्था आजतकले लेखेको छ ।   

बाढी आसपासका गाउँमा पसेको र घरहरूमा ठूलो क्षति गरेको जनाइएको छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली घटनास्थलतर्फ गएको छ। यस्तै, नदी आसपासका गाउँका मानिसहरुलाई त्यहाँबाट अन्यत्रै सारिन लागिएको छ। उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि घटनास्थलतर्फ लागेको बताइएको छ ।

हिमताल फुट्दा आएको बाढीमा १५० जना बेपत्ता

नौ हजारले लगाए कोरोनाविरुद्धको खोप

हिमताल फुट्दा आएको बाढीमा १५० जना बेपत्ता

वालिबसँग पुलिस पराजित

Leave a comment

Your email address will not be published. Required fields are marked *